धितोपत्र बजारमा १०.४४ अङ्कको गिरावट, नेप्से २०६८.३१ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ४४ अङ्कले घटेर २०६८ दशमलव ३१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ६९ अङ्कले घटेर ३६५ दशमलव ०५ को विन्दुमा पुगेको छ ।

आज कूल ३०६ कम्पनीहरूका ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर रु. ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य वित्त उपसमूह ४२ दशमलव ०२ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ६ दशमलव ८० अङ्कले घट्दा विकास बैङ्क उपसमूह ३४ दशमलव ६१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४९.५७ अङ्कले, जलविद्युत उपसमूह १५.२१ अङ्कले, लगानी उपसमूह शून्य दशमलव १२ अङ्कले, जीवन बिमा उपसमूह ८२.०० अङ्कले, उत्पादन उपसमूह १०.४५ अङ्कले, लघुवित्त उपसमूह ३०.०६ अङ्कले, निर्जीवन बिमा ३३.०५ अङ्कले, अन्य उपसमूह ७.२२ अङ्कले र ट्रेडिङ उपसमूह २०.७५ अङ्कले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x