धितोपत्र बजारमा १.५३ अङ्कको वृद्धि, नेप्से २६९५.७३ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ दशमलव ५३ अङ्कले बढेर २६९५ दशमलव ७३ को विन्दुमा कायम भएको छ। यता, सेन्सेटिभ परिसूचक शून्य दशमलव ७५ अङ्कले घटेर ४५९  दशमलव १६ को विन्दुमा पुगेको छ ।


आज कूल ३३० कम्पनीहरूका १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर रु. ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह ४१ दशमलव ८६ अङ्कले बढ्दा होटेल तथा पर्यटन उपसमूह १३१ दशमलव २२ अङ्कले, उत्पादन उपसमूह १३३ दशमलव ६१ अङ्कले, निर्जीवन बिमा २१ दशमलव ८० अङ्कले र ट्रेडिङ उपसमूह शून्य दशमलव ८५ अङ्कले बढेको छ । 

यता, बैङ्किङ उपसमूह १ दशमलव ३५ अङ्कले, वित्त उपसमूह २२ दशमलव ८४ अङ्कले, जलविद्युत उपसमूह ४ दशमलव ८४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव २० अङ्कले, जीवन बिमा उपसमूह ४६ दशमलव २१ अङ्कले, लघुवित्त उपसमूह ८ दशमलव ०९ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव ०२ अङ्कले र अन्य उपसमूह ६ दशमलव ०८ अङ्कले घटेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x