नेपाल बैङ्कको खुद नाफा बढ्यो, प्रतिशेयर आम्दानी रु. १७.७६

नेपाल बैङ्क लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास सम्ममा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधि सम्ममा बैङ्कले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैङ्कको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १७.१६ प्रतिशतले घटे पनि इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेका कारण बैङ्कको खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४७ करोड ९९ लाख रुपैयाँले घटेको छ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल बैङ्क लिमिटेडले समीक्षा अवधिमा निक्षेप ९.८७ प्रतिशतले बढाएको छ। सोही अवधिमा बैङ्कको जगेडा कोष ४.१२ प्रतिशतले बढेको छ। बैङ्कको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.५९ प्रतिशतले घटेको भए पनि इम्पेरमेन्ट चार्ज घट्दा सञ्चालन मुनाफा ३९४.६४ प्रतिशतले वृद्धि भएको छ भने बैङ्कको निष्क्रिय कर्जा अनुपात ५.३४ प्रतिशत रहेको छ ।

बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ र पछिल्लो कारोबार मूल्य रु २४७ रुपैयाँ ८० पैसा को आधारमा मूल्य आम्दानी अनुपात १३.९५ गुणा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x