आज समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २४ औ वार्षिक साधारण सभा गर्दै


समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १४ गते बुधवार २४ औ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा होटेल एभोकाडो "अर्किड रिसोर्ट" हेटौडा मकवानपुरमा बिहानको ११ बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्ने आर्थिक वर्ष (आ.व.) २०८१/०८२ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व. २०८२/०८३ को लागि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यस्तै, सभामा सञ्चालकको नियुक्ति सम्बन्धी जानकारी तथा सो को अनुमोदन गर्ने छ। त्यसका साथै समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड एक आपसमा गाभ्ने/ गाभिने (मर्जर) सम्बन्धीको प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x