ग्लोबल आइएमई बैङ्कको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैङ्क यस पटक यती एयरलाइन्ससँग सहकार्यमा जुटेको छ ।

बैङ्कले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’ शुभारम्भ गरेको छ । काठमाडौँमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र यती एयरलाइन्सका सिइओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गर्नुभएको हो ।


ग्लोबल आइएमई बैङ्क नेपाली बैङ्किङ क्षेत्रमा नयाँ–नयाँ सेवा र स्किम ल्याउँदै ग्राहकलाई सर्प्राइज प्याकेज दिने बैङ्कका रूपमा परिचित छ ।

पछिल्लो ‘ग्लोबल स्काई क्लब कार्ड स्किम’मार्फत पहिलो पटक यती एयरलाइन्सको टिकट खरिद गर्दा ‘निःशुल्क’ उपलब्ध हुने भएको छ । त्यति मात्र होइन, नियमित कार्ड प्रयोग गरी कारोबार गर्दा ग्राहक तथा यात्रुले विशेष छूट, बोनस पोइन्ट, प्राथमिक चेक–इन सेवा, अतिरिक्त तौल सुविधालगायत प्राप्त गर्ने छन् ।

यसले ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई सर्प्राइज प्याकेज सहित नवीन सुविधाको अनुभव गराउने कम्पनीको विश्वास छ ।

ग्लोबल आइएमई बैङ्कका ग्राहकले ग्लोबल स्काई क्लब कार्डमार्फत यती एयरलाइन्सको पहिलो पटक टिकट खरिद गर्दा पूरै रकम बराबर क्यासब्याक दिइने भएको छ । त्यसै गरी, कार्डवाहक ग्राहकले यती एयरलाइन्सको कुनै पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

कसरी फाइदा लिने कार्डबाट ?
बैङ्कका अनुसार कार्ड जारी गर्ने समयमा ग्राहकले १०० बोनस पोइन्ट पाउँछन् । यस्तो बोनस छूट, पुरस्कार वा अन्य सेवा उपयोगमा प्रयोग गर्न सकिनेछ । कार्डका माध्यमबाट पीओएस (प्वाइन्ट अफ सेल) वा ई–कमर्स प्लेटफर्ममा खरिद गर्दा हरेक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन मात्र गर्ने छैन, साथमा कार्ड प्रयोगकर्तालाई बारम्बार फाइदा लिने अवसर समेत दिनेछ ।

विमानस्थलमा प्राथमिकता, ५ किलोग्राम अधिक तौल सुविधा
ग्लोबल स्काई क्लब कार्डवाहकले विमानस्थलमा समेत प्राथमिकता पाउनेछन् । यती एयरलाइन्सका अनुसार चेक–इन तथा बोर्डिङ प्रक्रिया छिटोछरितो गराइने छ । यस्तो कार्डवाहक यात्रुले लगेजमा समेत  अधिकतम तौल सीमा भन्दा ५ किलोग्राम अतिरिक्त सामान बोक्न पाउने सुविधा यती एयरलाइन्समा पाइने भएको छ । बढी तौलको लगेजका साथ यात्रा गर्ने यात्रुलाई यो सुविधा निकै फलदायी हुने बैङ्कको विश्वास छ ।

के भन्छन् सरोकारवाला ?
बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मी ग्लोबल आइएमई बैङ्क र यती एयरलाइन्सबिचको यो सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताउनुहुन्छ । यो सहकार्यले डिजिटल बैङ्किङलाई थप सशक्त बनाउने उहाँको विश्वास छ । उहाँ भन्नुहुन्छ, ‘ग्लोबल आइएमई बैङ्क नयाँ प्रविधिको प्रयोगसँगै ग्राहकमैत्री सेवा र समयानुकूल योजना ल्याउन सधैँ तत्पर छ ।’ यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा ग्लोबल आइएमई बैङ्कसँगको सहकार्यबाट बैङ्क र एयरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राही लाभान्वित हुने बताउनुहुन्छ ।

‘हामीले ग्लोबल आइएमई बैङ्कसँग मिलेर यस्तो योजना ल्याएका छौँ, जसले दुवै संस्थाका ग्राहकहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउनेछ,’ उहाँ भन्नुहुन्छ, ‘भविष्यमा अझ नयाँ र परिष्कृत सेवा ल्याउने विश्वास व्यक्त गरे ।’ ग्लोबल आइएमई बैङ्कले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

गर्विलो बैङ्क, सशक्त सेवा
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । यसबाहेक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित बैङ्कको वर्तमान गर्विलो छ । सेवा सशक्त छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैङ्कले नेपाली नागरिकमा बैङ्किङ सेवासँगै अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिटेन्स सेवा समेत पुर्‍याउँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउँछ ।

उता, निजी क्षेत्रतर्फ सञ्चालित नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्स २६ वर्षदेखि नेपाली आकाशमा उत्कृष्ट सेवाका साथ उडिरहेको छ । ७ एटीआर ७२ जहाजबाट यतीले नेपालका सुगम क्षेत्रमा उडान गर्छ । पर्वतीय उडानमा समेत यतीको दरिलो उपस्थिति छ । यतीको भगिनी कम्पनी तारा एयरले दुर्गम भेग र दूर दराजका नागरिकलाई सुलभ हवाई सेवा उपलब्ध गराइरहेको छ । यो कम्पनी वार्षिक १० लाखभन्दा बढी यात्रुहरूलाई सुरक्षित हवाई सेवा दिइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x