
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले कात्तिक महिनासम्ममा ५३ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जस मध्य ९ अर्ब ७९ करोड रुपैयाँ प्रथम बीमा शुल्क रहेको छ भने ४२ अर्ब ६८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।
कात्तिक महिनामा मात्र कम्पनीहरूले २ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ७६ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी १२ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफको सर्वाधिक व्यापार
कात्तिक महिनासम्मको तथ्याङ्कलाई हेर्दा नेपाल लाइफले सर्वाधिक बीमा शुल्क आम्दानी गरेको छ । कात्तिक महिनासम्ममा नेपाल लाइफले १५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफले ६ अर्ब ४३ करोड बीमा शुल्क आम्दानी गरेको छ भने तेस्रोमा एलआईसी नेपालले ६ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।
 
जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ५३ अर्ब ३९ करोड, नेपाल लाइफको सर्वाधिक व्यापार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            