जीवन बीमा व्यवसायले लय समात्न थालेको छ ।  २०७९ पुष महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७१ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए भने २०८० पुष महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ७४ अर्ब २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरूको यो अवधिमा करीब ४ प्रतिशतले व्यापार वृद्धि भएको देखिन्छ । पुष महिनासम्ममा प्रथम बीमा शुल्क १३ अर्ब ८१ करोड रुपैयाँ र नवीकरण मार्फत संकलन भएको बीमा शुल्क ६० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।  
 
पुष महिनामा मात्र १२ अर्ब ४८ करोड रुपैयाँको  बीमा शुल्क संकलन गर्न जीवन बीमा कम्पनीहरु सफल भएका छन् । पुष महिनामा प्रथम बीमा शुल्क २ अर्ब ८४ करोड रुपैयाँ र नवीकरण बीमा शुल्क ९ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।
हाल नेपालमा १४ जीवन बीमा कम्पनीहरू र ३ लघुबीमा कम्पनीहरू संचालनमा छन् । १७ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क संकलन गर्न सफल भएको छ । पुष महिनासम्ममा नेपाल लाइफले २० अर्ब २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने दोश्रोमा एलआईसी नेपालले ८ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्दा तेश्रोमा नेशनल लाइफले ८ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मर्ज भै बनेको हिमालयन लाइफले ८ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै सरकारी लगानी भएको राष्ट्रिय जीवन बीमा कम्पनी (साविकको राष्ट्रिय बीमा सस्थान)ले ४ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
बीमा शुल्क सङ्कलनको अवस्था:

लयमा जीवन बीमा व्यवसाय, नेपाल लाइफको सर्वाधिक व्यापार
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            100.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            