सपोर्ट लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल कात्तिक ४ गते, आइतबार बसेको सञ्चालक समितिको २३२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को वितरण योग्य मुनाफा समेतबाट कायम चुक्ता पुँजीको १४.५० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को वितरण योग्य मुनाफा समेतबाट हाल कायम चुक्ता पुँजीको १३.७७५ प्रतिशतले हुन आउने १ करोड ४८ लाख २४ हजार ५०८ रुपैयाँ ९९ पैसा रकम बराबरको बोनस शेयर र ०.७२५ प्रतिशतले हुन आउने ७ लाख ८० हजार २३७ रुपैयाँ ३२ पैसा रकम बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा १४.५० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७९/८० मा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.६८४२ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।

Click here to view the notice.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x