धितोपत्र बजारमा ११४.७० अङ्कको वृद्धि, नेप्से २६२३.५६ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेर २६२३ दशमलव ५६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १९ दशमलव ४६ अङ्कले बढेर ४७० दशमलव ८१ को विन्दुमा पुगेको छ ।

आज कूल ३०७ कम्पनीहरूका १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर रु. ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह ५५ दशमलव २६ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह २७२ दशमलव ३३ अङ्कले, वित्त उपसमूह २७५ दशमलव ५१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३६८.१४ अङ्कले, जलविद्युत उपसमूह १७९.१६ अङ्कले, लगानी उपसमूह ६.१२ अङ्कले, जीवन बिमा उपसमूह ५११.७९ अङ्कले, उत्पादन उपसमूह १५३.५८ अङ्कले, लघुवित्त उपसमूह १८८.२३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ३३ अङ्कले, निर्जीवन बिमा ३९१.६५ अङ्कले, अन्य उपसमूह ८९.५८ अङ्कले र ट्रेडिङ उपसमूह १३७.०३ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x