आ. व. २०८०/०८१ का लागि लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ को लाभांश घोषणा

लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले लाभांश घोषणा गरेका छन् । कम्पनीको मिति २०८१ साल श्रावण १४ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको १४४ औँ बैठकले गरेको निर्णय अनुसार  आ. व. २०८०/०८१ को लागि २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो । 

लक्ष्मी भ्यालु फन्ड-२ ले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ भने लक्ष्मी उन्नती कोषले ७.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x