वाणिज्य बैङ्कहरूले आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। ती मध्ये सर्वाधिक नाफा कमाउन सफल नबिल बैङ्क, ग्लोबल आइएमई बैङ्क र एनआईसी एशिया बैङ्क गरी ३ वटा वाणिज्य बैंकहरुलाई चाैथाे त्रैमासको वित्तीय विवरणका आधारमा तुलना गर्ने प्रयास गरिएको छ ।
चुक्ता पुँजी: ग्लोबल आइएमई बैंकको सबै भन्दा बढि ३५ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने नबिल बैंककाे २७ अर्ब ५ करोड रुपैयाँ र एनआईसी एशिया बैंककाे ११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
निक्षेप संकलन: ४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ग्लोबल आइएमई बैंक अगाडि रहेको छ भने नबिल बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ र एनआईसी एशिया बैंकले ३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
कर्जा लगानी: एनआईसी एशिया बैंकले २ खर्ब ६२ अर्ब रुपैयाँ र नबिल बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने ग्लोबल आइएमई बैंकले ३ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गर्दै कर्जा लगानीमा अघि रहेको छ ।
खुद ब्याज आम्दानी: नबिल बैंकले व्यवसाय विस्तारबाट ग्लोबल आइएमई बैंक र एनआईसी एशियाले भन्दा बढि खुद ब्याज आम्दानी गरेको छ। नबिल बैंकले १७ अर्ब ९८ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले १७ अर्ब ११ करोड रुपैयाँ र एनआईसी एशिया बैंकले १२ अर्ब ३७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
नाफा: नबिल बैंकले सबै भन्दा बढि ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ भने ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ र एनआईसी एशिया बैंकले ४ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
जगेडा कोष: नबिल बैंकको जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने ग्लोबल आइएमई बैंकको १९ अर्ब ९५ करोड रुपैयाँ र एनआईसी एशिया बैंकको १४ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।
संचित मुनाफा: नबिल बैंककाे संचित मुनाफा ३ अर्ब ९६ कराेड रुपैयाँ रहेको छ भने एनआईसी एशिया बैंकको ३ अर्ब ६९ कराेड रुपैयाँ र ग्लोबल आइएमई बैंकको २ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
वितरण याेग्य मुनाफा: नबिल बैंककाे सबै भन्दा बढि ३ अर्ब ९६ कराेड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ भने एनआईसी एशिया बैंककाे ३ अर्ब ६९ कराेड रुपैयाँ र ग्लोबल आइएमई बैंकको २ अर्ब ९५ करोड रुपैयाँ वितरण याेग्य मुनाफा रहेको छ ।
निस्क्रिय कर्जा: एनआईसी एशिया बैंकको निस्क्रिय कर्जा सबै भन्दा कम ० दशमलव ८ प्रतिशत देखिन्छ भने ग्लोबल आइएमई बैंकको ३ दशमलव ०८ प्रतिशत र नबिल बैंकको ३ दशमलव २० प्रतिशत निस्क्रिय कर्जा देखिन्छ ।
प्रति शेयर आम्दानी: ग्लोबल आइएमई बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ७७ पैसा र नबिल बैंककाे प्रति शेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेकाे छ भने एनआईसी एशिया बैंक प्रति शेयर आम्दानी ४० रुपैयाँ २२ पैसा सहित अघि छ ।
मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्य ग्लोबल आइएमई बैंकको रु २२४, एनआईसी एशिया बैंकको रू ७८९ र नबिल बैंकको रू ६१३ को आधारमा ग्लोबल आइएमई बैंकको मूल्य आम्दानी अनुपात १०.७८ गुणा, एनआईसी एशिया बैंकको १९.६१ गुणा र नबिल बैंकको २२.०३ गुणा रहेकाे छ ।
डिस्क्लेमर: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।