गत वर्षको तुलनामा वाणिज्य बैङ्कहरूको नाफामा गिरावट, कुन वाणिज्य बैङ्कको नाफा कति ?

चालु आर्थिक वर्षको वैशाखसम्म आइपुग्दा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले ४८ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा कमाएका छन् जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १५ प्रतिशतले कम हो अर्थात् गत आर्थिक वर्षको यसै अवधिमा वाणिज्य बैङ्कहरूले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । त्यस्तै, सञ्चालनमा रहेका सम्पूर्ण वाणिज्य बैङ्कहरूले औसतमा १ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । तथ्याङ्कलाई आधार मान्दा १४ वटा वाणिज्य बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको छ ।

सर्वाधिक नाफा कमाउनेमा नबिल बैङ्क

समीक्षा अवधिमा ५ अर्ब ४६ करोड नाफा आर्जन गर्दै वाणिज्य बैङ्कहरू मध्ये सर्वाधिक नाफा कमाउनेमा नबिल बैङ्क लिमिटेड अगाडि रहेको छ । नबिल बैङ्क पश्चात् सर्वाधिक नाफा आर्जन गर्नेमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा सहित ग्लोबल आइएमई बैङ्क रहेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको ३ अर्ब ७७ करोड रुपैयाँ,  प्राइम कमर्सियल बैङ्कको ३ अर्ब २२ करोड  रुपैयाँ नाफा रहेको छ ।

यता एभरेष्ट बैङ्कले २ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाउँदा कृषि विकास बैङ्कले २ अर्ब ६९ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले २ अर्ब ६६ करोड, सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्कले २ अर्ब ५६ करोड, प्रभु बैङ्कले २ अर्ब ५० करोड, एनएमबि बैङ्कले २ अर्ब ४८ करोड, हिमालयन बैङ्कले २ अर्ब २२ करोड रुपैयाँ र  एनआईसी एशिया बैङ्कले २ अर्ब १६ करोड नाफा आर्जन गरेका छन् ।

सर्वाधिक कम नाफा कमाउनेमा नेपाल बैङ्क

सिद्धार्थ बैङ्कले १ अर्ब ९७ करोड नाफा गर्दा, लक्ष्मी सन्राइज बैङ्कले १ अर्ब ९५ करोड, सानिमा बैङ्कले १ अर्ब ७४ करोड,  सिटिजन्स बैङ्कले १ अर्ब ५० करोड, कुमारी बैङ्क र नेपाल एसबिआई बैङ्कले १ अर्ब ४२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको तथ्याङ्कले देखाएको छ।

त्यस्तै माछापुच्छ्रे बैङ्कले १ अर्ब १० करोड नाफा गर्दा समीक्षा अवधिमा १ अर्ब भन्दा पनि कम अर्थात् सर्वाधिक कम नाफा गर्ने वाणिज्य बैङ्कमा नेपाल बैङ्क रहेको छ। उक्त बैङ्कले ५९ करोड रुपैयाँ नाफा गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x