ज्ञानमाण्डू। CAS ID 02564033775  भएका डिशहोमका ग्राहकले जिते रु एक लाख । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने कम्पनीले जनाएकाे छ, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।
यसै योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा :CAS ID 02564033775  भएका ग्राहकले रु एक लाख जित्न सफल भएकाे कम्पनीले जनाएकाे छ । 
डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले बताएकाे छ ।
 
यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने कम्पनीले जनाएकाे छ ।
        
            
    
    