साना किसान विकास लघुवित्तकाे नाफा ५० करोड २५ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ४६ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५० करोड २५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको साना किसान विकास लघुवित्तले २८ अर्ब २० करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, साना किसान विकास लघुवित्तले १६ अर्ब १७ करोड ०७ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ रहेको छ।

साना किसान विकास लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.४८ प्रतिशतले बढेर ९६ करोड २८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात शुन्य दशमलव ५९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ८१ पैसा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x