साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ३४ दशमलव १७ अङ्कले बढेर २०२० दशमलव ६४ को विन्दुमा कायम भएको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत, सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९७ प्रतिशत, हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीहरुले ८.८० प्रतिशत र शिवम् सिमेन्ट्स लिमिटेडका शेयरधनीहरुले ८.२३ प्रतिशतका दरले कमाएका छन् ।
यता, प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरूले ३.९३ प्रतिशतले गुमाउँदा सिटिजन्स म्युचुअल फण्ड-२ (३.१७) प्रतिशत, युनिलिभर नेपाल लिमिटेड ३.१४ प्रतिशत, सानिमा लार्ज क्याप फण्ड २.६३ प्रतिशत र ८.५ % बि.अाे.के. डिबेञ्चर २०८६ २.५० प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
