मुक्तिनाथ फाउन्डेसनले विश्व वातावरण दिवसको अवसर पारेर, काठमाडौँ जिल्ला टोखा नगरपालिका वडा नं १ मा निर्माणाधीन शान्ति पार्कमा एभोकाडो फलफूलको बिरुवा वृक्षारोपण गरेको छ । हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा #Beat Plastic Pollution रहेको छ ।
टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रम मुक्तिनाथ विकास बैङ्क लि., मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ क्यापिटल लि. र रोयल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा सञ्चालन भएको थियो ।
कार्यक्रम टोखा नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ का वडा अध्यक्ष लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष भरतराज ढकाल, फाउन्डेसनका सञ्चालक, मुक्तिनाथ समूह र रोयल सहकारीका अध्यक्ष, सञ्चालन, प्रमुख कार्यकारी अधिकृत लगायत उल्लेख्य रूपमा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
टोखा नगरपालिका वडा नं १ का वडा अध्यक्षले पार्कको संरक्षणमा सरकारको साथ साथै स्थानीय बासिन्दा र सबैको साझा दायित्व रहेको बताउनु भयो । साथै कार्यक्रम सहकार्य गरेकोमा मुक्तिनाथ फाउन्डेसन र सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रम शुभकामना मन्तव्य राख्दै टोखा नगरपालिकाका नगर प्रमुखले नगरलाई हरियाली बनाउँदै स्वच्छ र सफा नगर बनाउने दीर्घकालीन योजना रहेको बताउँदै यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । साथै मुक्तिनाथ समूहलाई फोहोर व्यवस्थापन र अन्य साझा कार्यक्रममा पनि सहकार्य गर्न पहल गर्ने बताउनुभयो ।
साथै मुक्तिनाथ फाउन्डेसनका अध्यक्ष ढकालले, वातावरण संरक्षण र प्रवर्द्धन सम्बन्धी अभियानमा यही २० गते बाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै सुरु गरेको र आगामी ५ वर्षमा फाउन्डेसनको अगुवाइमा तथा मुक्तिनाथ समूह सहित विभिन्न सरकारी र गैर सरकारी निकायको सहकार्यमा कम्तीमा १० लाख भन्दा बढी फलफूल तथा काष्ठजन्य बिरुवाहरूको रोपण गर्ने लक्ष्य राखेको बताउनुभयो । यसले वातावरण संरक्षणको साथै खालि रहेको जग्गाको सदुपयोग गर्दै कृषक र स्थानीय वासिन्दाहरुलाई विभिन्न आम्दानीको श्रोतहरू उपलब्ध हुने उल्लेख गर्नुभयो ।
विश्व वातावरण दिवसको अवसरमा मुक्तिनाथ फाउन्डेसनद्वारा एभोकाडो फलफूलको बिरुवा वृक्षारोपण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en