
देशभर मनसुनी प्रणालीको सक्रियताका कारण विभिन्न स्थानमा बदली र वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भूभागमा सक्रिय छ। यसको प्रभावले देशको कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा धेरैजसो स्थानमा बदली रहेको छ भने अन्य ठाउँमा सामान्य बदली देखिएको छ। मधेस प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा अधिकांश स्थानमा बादल लाग्नेछ भने अन्य भागमा सामान्य बदली रहनेछ। यी प्रदेशका थोरै स्थानमा मध्यम तथा कोशी र सुदूरपश्चिमको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानमा, साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। कोशी प्रदेशमा भारी वर्षाको जोखिम रहँदा सतर्कता अपनाउन मौसम विभागले सबैलाई आग्रह गरेको छ।
 
देशभर मनसुनी प्रभाव, भारी वर्षाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    