‘आइएमई पे’ र निसर्ग अस्पताल बिच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकहरूले २५ % सम्म छुट प्राप्त गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ ।
सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गर्नुभएको सोही कम्पनीले जानकारी दिएको छ ।
उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुविधा बमोजिम ५ % देखि २५ % सम्म छुट प्रदान गर्ने सो कम्पनीले बताएको छ। सो छुट १ वर्षका लागि लागु हुने पनि सोही कम्पनीले जनाएको छ ।
आइएमई पे र निसर्ग अस्पताल बिच सम्झौता, २५ % सम्मको छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en