स्टोरी टेलिङमा आफ्नो छुट्टै पहिचान बनाएका साइग्रेस पोख्रेल अर्थात् सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको  रूपमा  नियुक्त हुनुभएको छ । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरूका घर आँगन र परिवार सम्मै पुर्याउन मद्दत गर्ने गर्नुहुन्छ ।
नेपाली माटोमा सिकेको सिप र क्षमतालाई विश्व  बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने नेपाली युवाको कथा अव साईग्रेसको आवाजमा सुन्न पाइने छ । कामको बाध्यता होइन कामको हुटहुटीले पनि विदेशमा नेपालीले पसिना बगाएका छन् भन्ने कुराको प्रमाण समेत साईग्रेसको आवाजमा मिसिएको कथाले व्यक्त गर्ने कम्पनीको बुझाई छ ।
नेपाली कथा वाचनमा एउटा छुट्टै आयाम थप्न सफल साइग्रेस पोख्रेलले देश तथा विदेशमा चर्चा कमाई सकेका युवा अभियन्ता हुनुहुन्छ । सामाजिक सञ्जालमा लाखौँले पछ्याएका साईग्रेसले अव विश्वको रहेका हरेक कुनामा रहेका  नेपालीका  भोगाइ र अनुभवलाई लिपिबद्ध गर्नुहुन्छ ।
साईग्रेसले आफ्नो आवाज दिएका आईएमइका सामग्रीहरूलाई आइएमईका सामाजिक प्लेटफर्म युट्युब, फेसबुक तथा इन्स्टाग्राम लगायतमा सञ्जालहरूमा पोस्ट गरिने पनि कम्पनीले जनाएको छ । हेर्दा सामान्य लाग्ने तर श्रम बजारमा निकै अर्थपूर्ण मानिएका भोगाइलाई साइग्रेसको वाचन मार्फत टिकटक, रिलमा समेत समेट्ने कम्पनीले उल्लेख गरेको छ ।
विश्व बजारमा रहेका नेपालीका भोगाइलाई लिपिबद्ध गर्दै कथात्मक शैलीमा नेपालीमाझ पस्किने जमर्को वास्तवमै प्रभावकारी साबित हुने पनि कम्पनीले जनाएको छ ।
कामको सिलसिलामा विदेशमा रहँदा भोगेका, देखेका, र अनुभूति गरेका दिनचर्यालाई अव साइग्रेसले लयबद्ध गर्ने छन्, जसले गर्दा नेपालमा रहेका आफन्त र परिवारजनमा थप उत्साह र उत्प्रेरणा पैदा हुने आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले बताउनुभयो ।
 
आइएमईको स्टोरी एम्बेसडर बने साइग्रेस
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    