![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjUyeMEMrnqxFry3YH1zEuq-VtV5LxIrONKJNdo8ulJsOsPr9VXVOaUoixl0KupDdxhqLolrPBF_ewYkjT6yQNr0tQJm29JKNihnyQ_TnitGYjLVXQdNEm1wn-Th7c1FrADIf3HiuTk71f6jkL810fN6Lj-8dzJ1q_VFMDOV7K1Khrxa-lulxhx4MQ6SA/s16000/E95F47B2-C179-47E4-B2A1-A238AFFAE46A(1).jpeg)
ज्ञानमाण्डू। आइएमई मोटर्स "हाइएस्ट बिजनेस ग्रोथ" अवार्डबाट सम्मानित भएको छ ।
भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मानित गरेको कम्पनीले जनाएकाे छ ।
आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक बिक्रेता रहेकाे कम्पनीले जनाएकाे छ ।
अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको कम्पनीले जनाएकाे छ । उक्त ग्लोबल कन्फ्रेन्स शनिबार सकिएको छ ।