आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरविवि म्युचुअल फण्ड २ ले वैशाख १७ गते (आज) देखि इकाई विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम इकाई १०० र दरखास्त दिन पाउने अधिकतम इकाई १ करोड २० लाख सम्म रहेको छ ।
कम्पनीको प्रति इकाई अङ्कित मूल्य रु. १० दरको १२ करोड इकाई मध्ये न्यूनतम १ करोड ८० लाख इकाई वा कुल बिक्री भएको इकाई संङ्ख्याकाे १५ प्रतिशत इकाई कोष प्रवर्द्धक कम्पनी श्री राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडका लागि सुरक्षित राखी बाँकी रहेको न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारणमा निष्कासन तथा बिक्री गर्न लागेको हो ।
सो कम्पनीको इकाई बिक्री निष्कासन बन्द हुने मिति (छिटोमा) वैशाख २१ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा वैशाख ३१ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको इकाई खरिद गर्नको निम्ति आवेदकले नेपाल धितो पत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी-आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैङ्किङ लिमिटेड रहेको छ ।
आज देखि आरविवि म्युचुअल फण्ड २ को इकाई विक्री खुल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
