
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर २०५० दशमलव ७८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ०३ अङ्कले घटेर ३८६ दशमलव ११ को विन्दुमा पुगेको छ ।
आज कूल २७१ कम्पनीहरूका ८६ लाख ५१ हजार १६४ कित्ता शेयर रु. ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ९ दशमलव ९९ अङ्कले, विकास बैङ्क उपसमूह ५२ दशमलव ०५ अङ्कले, वित्त उपसमूह २८ दशमलव ०४ अङ्कले, जलविद्युत उपसमूह ४१.८७ अङ्कले, लगानी उपसमूह उपसमूह १.२० अङ्कले, लघुवित्त उपसमूह ४०.३८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव १३ अङ्कले, निर्जीवन बिमा शून्य दशमलव ८३ अङ्कले, अन्य उपसमूह ७.३० अङ्कले घटेका छन् । यता होटेल तथा पर्यटन उपसमूह २३९.५१ अङ्कले,  जीवन बिमा उपसमूह ११.९६ अङ्कले, उत्पादन उपसमूह १५.०१ अङ्कले, र ट्रेडिङ उपसमूह २.३६ अङ्कले बढेका छन् ।
 
धितोपत्र बजारमा १४.०५ अङ्कको गिरावट, नेप्से २०५०.७८ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    