
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ११ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार जेठ १० गतेका दिन, छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको देख्न सकिन्छ ।