आइएमई पे वालेटबाट आइएमई पे वालेटमा पैसा पठाउने र पाउने दुवै जनालाई आकर्षक उपहार
आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” ले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिँदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २९ देखि २०८० भाद्र २६ ९ (अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३०) सम्म चल्ने सो अफरमा ग्राहकहरूले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात् आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच-हेयलोउ आर.टि एल.एस. ०५५ जित्ने मौका पाउने सो कम्पनीले जानकारी दिएको छ । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गर्ने सो कम्पनीले बताएको छ । सो अफर अन्तर्गत पैसा पठाउने ग्राहकहरूबाट एक जना तथा पैसा पाउने ग्राहकहरूबाट एक जना विजेता गोला प्रथाबाट छानिने पनि सो कम्पनीले जानकारी दिएको छ ।
सो अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सम्पूर्ण ग्राहकहरूले सो पुरस्कार जित्न सक्ने सो कम्पनीले बताएको छ ।
ग्राहकहरूमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्त्वको जानकारी प्रदान गर्नुका साथै ग्राहकहरूलाई विद्युतीय भुक्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सो अफर सार्वजनिक गरेको सोही कम्पनीले बताएको छ ।
“आइएमई पेको “तिमीलाई पनि, मलाई पनि” अफर”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en