न्यादी हाइड्रोपावर लिमिटेडले यही चैत्र ०६ गते १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि फाल्गुन १९ गते देखि चैत्र ०६ गतेसम्मको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा फाल्गुन १८ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा कार्की ब्याङ्क्वेट बबरमहल, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
आजसम्म कायम शेयर धनीले न्यादी हाइड्राेपावरकाे साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
