![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj2FcTAHxvxQ-qjXXJR0Y4otNWki6b9eZ4uhRu_POIUFacuIpwT-cQgdZX7JLNG3VXKQ4kTfvKaIcjrrPP1RaWh2rbfCE08j5dz8hW_g62LulRmzPNZMdUmCMO-TeZ5y64nqAq3oraOmBCyLT7kIrqX53afR4d6XRgbZATtBz5q_gWSbJkkshsqIXO3HQ/s16000/IMAGE%20on%20insurance%20claim%20in%20Taulihawa%20Branch.jpeg)
ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएको गुजराती राइदासज्यूलाई घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको कम्पनीले जनाएकाे छ । निजको पति भगौती प्रसाद राइदासलाई यस बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएकाे छ ।
यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. १ करोड ८० लाख, दुर्घटना बीमा वापत रू. ३ करोड र मेडिकल बीमा वापत रू. २ करोड ६१ लाख गरी कुल रू. ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसके बैंकले जनाएकाे छ । बैंकले हाल आएर सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको बैंकले बताएकाे छ । यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सीपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको बैंकले जनाएकाे छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैंकले जनाएकाे छ ।