![](https://1.bp.blogspot.com/-U5bHtPAIQo4/YECrULM4BMI/AAAAAAAAMOA/OQZC8hWuw3UVcMSSBCbSWNKmaLEWQpOsQCNcBGAsYHQ/s16000/Nepse%2BGoes%2BUp%2B.png)
ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६७४ दशमलव ४६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ३४ अंकले बढेर ४७६ दशमलव १८ को विन्दुमा पुगेको छ ।
![](https://1.bp.blogspot.com/-1qnRr6QqpKI/YGw1xGH2kgI/AAAAAAAANDI/J-7r0v1Hi4oCqO_Dlb4kTda3hfPQJz7IgCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-06%2Bat%2B16.01.43.png)
आज कूल २१३ कम्पनीका १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर रु ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मा खरिद बिक्री भए ।
![](https://1.bp.blogspot.com/-QXhkKJeeEus/YGw13zKlmrI/AAAAAAAANDM/2nWE1Iqos1AzESKjhRqjDHdAAnuq-vFmwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-06%2Bat%2B16.01.55.png)
कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह शुन्य दशमलव ५९ अङ्कले घट्दा , ट्रेडिङ उपसमूह ४३२.२५ अङ्कले, वित्त ३.३६ अङ्कले, निर्जीवन बीमा २८७.७६ अङ्कले, अन्य उपसमूह ३.९ अङ्कले र जीवन बीमा उपसमूह १९१ दशमलव ४२ अङ्कले घटेको छ । यता, होटल तथा पर्यटन उपसमूह २०५ दशमलव ७९ अङ्कले बढ्दा विकास बैंक उपसमूह २९.९७ अङ्कले, जलविद्युत ११४.०५ अङ्कले, उत्पादन १८३.९१ अङ्कले, लघुवित्त उपसमूह ६४.१९ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह २.७२ अङ्कले बढेको छ।
![](https://1.bp.blogspot.com/-8-_wR1JKgCE/YGw4N0ggU5I/AAAAAAAANDU/nytBwQCap8crDmnCDp2r-uBkp4-35QwiwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-06%2Bat%2B16.02.09.png)
कारोबारको आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । आज निफ्राको ३९ करोड ८० लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ५ दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३१ करोड १० लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १० प्रतिशतले बढेको छ ।
आज अपर तामाकोशी जलविद्युत कम्पनी लिमिटेडको २९ करोड २० लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज हिमालयन डिस्टिलरि लिमिटेडको २२ करोड १८ लाख रुपैयाँ माथिको र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ करोड माथिको शेयर कारोबार भएको छ।
![](https://1.bp.blogspot.com/-fG__Q94IcPk/YGw7BF0JXZI/AAAAAAAANDc/eaN7S-bUZ8EeeGMrURxfXCzfuScg3b-AwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-06%2Bat%2B16.02.20.png)
आज सबैभन्दा धेरै युनाईटेड ईदी-मार्दी आर वि हाइड्रोपावर लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्त वित्तिय संस्था लिमिटेड र एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेड दुवैका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन्।
![](https://1.bp.blogspot.com/-HZXVQADqe9w/YGw9J5lKuAI/AAAAAAAANDk/abuw1ssYmvQxXv9oTfditEUTxrO-9I1twCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-04-06%2Bat%2B16.02.32.png)
त्यसैगरी आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । यता सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् भने अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले गुमाएका छन्।