धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ३२ अंकले बढेर १९३८ दशमलव ३० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अंकले बढेर ३८२ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
आज कूल २२७ कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर रु १ अर्ब ४६ कराेड ७९ लाख १४ हजार ८७५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह २ दशमलव ६१ अङ्कले, ट्रेडिङ उपसमूह २२.९७ अङ्कले र निर्जीवन बीमा १.६२ अङ्कले घटेका छन्। यता, होटल तथा पर्यटन उपसमूह १६ दशमलव ३५ अङ्कले बढ्दा विकास बैंक उपसमूह ३३ दशमलव ६७ अङ्कले, जलविद्युत उपसमूह १६.५८ अङ्कले, वित्त उपसमूह ८.६६ अङ्कले, उत्पादन उपसमूह १३.१२ अङ्कले, अन्य उपसमूह २०.१ अङ्कले, लघुवित्त उपसमूह ३६.८६ अङ्कले, जीवन बीमा उपसमूह ५५.१३ अङ्कले, सामूहिक लगानी कोष उपसमूह शून्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह शून्य दशमलव २८ अङ्कले बढेको छ।
धितोपत्र बजारमा ७.३२ अंकको वृद्धि, नेप्से परिसूचक १९३८.३० को विन्दुमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
