धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दाेहाेराे अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अंकले बढेर १८७३ दशमलव ११ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ६८ अंकले बढेर ३६६ दशमलव ६५ को विन्दुमा पुगेको छ ।
आज कूल २५७ कम्पनीहरूका ३० लाख २२ हजार ५२ कित्ता शेयर रु. ९३ करोड ८ लाख ३९ हजार ९०१ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य सामूहिक लगानी कोषमा भने कुनै परिवर्तन भएकाे छैन । यता, बैंकिङ उपसमूह ६ दशमलव ८७ अङ्कले बढ्दा विकास बैंक उपसमूह ८ दशमलव ३० अङ्कले, वित्त उपसमूह ६ दशमलव ३१ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ६४.५१ अङ्कले, जलविद्युत उपसमूह १४.८५ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ११ अङ्कले, जीवन बिमा उपसमूह ८३.८५ अङ्कले, उत्पादन उपसमूह २२.२९ अङ्कले, लघुवित्त उपसमूह ३०.२३ अङ्कले, निर्जीवन बिमा २७.८३ अङ्कले, अन्य उपसमूह ३४.०४ अङ्कले र ट्रेडिङ उपसमूह १५.८१ अङ्कले बढेको छ ।
धितोपत्र बजारमा १४.२२ अङ्कको वृद्धि , नेप्से १८७३.११ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
