बुधवार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको महासङ्घको जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनको मूल्य प्रतितोलामा पाँच सयले वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
