नेपाल पुनर्बीमा कम्पनीले आज सातौं वार्षिक साधारण सभा गर्दै

Nepal Reinsurance Company Limited

ज्ञानमाण्डू। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले भदाै ३० गते (आज) सातौं वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा कार्की ब्याङ्केट, बबरमहल, काठमाडौंमा बिहानको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७७/०७८ काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापुँजीको ०.२६३२ प्रतिशतका दरले हुन आउने लाभाँश कर सहित नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ भने चुक्तापुँजीको ५ प्रतिशतका दरले हुन आउने रु.५८ करोड २५ लाख रुपैया बोनश लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिबाट भएको स्वतन्त्र विज्ञ संचालकको नियुक्ति अनुमोदन गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो वमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै १९ गते एक दिनकाे लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा साउन १८ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x