इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ ।इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दुधको नमूनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये तीन चौथाइमा प्लास्टिकका साना कणहरू पत्ता लगाएको द गार्डियनले जनाएको छ ।
अनुसन्धानकर्ताहरूको टोलीले शिशुहरू रासायनिक प्रदूषणबाट कमजोर रहेको र थप अनुसन्धान तुरुन्तै आवश्यक भएको उल्लेख गरे । तर, उनीहरूले प्रदूषित माइक्रोप्लास्टिकको उपस्थितिले हुने हानीभन्दा स्तनपानको फाइदाहरू धेरै हुने विषयमा जोड दिए ।
माइक्रोप्लास्टिक भनेको ५ मिलिमिटरभन्दा कम लम्बाइको कुनै पनि प्रकारको प्लास्टिकको टुक्रा हो । अघिल्लो अनुसन्धानले मानव कोशिका रेखाहरू, प्रयोगशाला जनावरहरू र समुद्री वन्यजन्तुहरूमा माइक्रोप्लास्टिकको विषाक्त प्रभाव देखाएको थियो ।
अब, पछिल्लो अध्ययनसँगै वैज्ञानिकहरूले माइक्रोप्लास्टिकका कारण उत्पन्न हुने जोखिमहरू प्रकाश पारेका छन् । गार्जियनका अनुसारका आफ्नो अध्ययनमा वैज्ञानिकहरूले प्लास्टिक प्याकेजिङ र समुद्री खानामा आमाको खाना र पेय पदार्थको खपत भएको पाएका थिए ।
पहिलो पटक मानव स्तनको दुधमा फेला पर्याे माइक्रोप्लाष्टिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

50.00%

0.00%

0.00%

50.00%

0.00%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en