आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था “अपेक्षाभन्दा खराब“ हुन सक्ने चेतावनी दिँदै मङ्गलवार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्न सक्ने चेतावनी दिएको छ ।
वित्तीय नीति सम्बन्धी पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जिडिपी) को ९३ प्रतिशत र सन् २०३० सम्ममा जिडिपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्याङ्क कोभिड–१९ महामारी आउनु भन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो ।
विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ‘फिस्कल अफेयर्स डिपार्टमेन्ट’का उप निर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताउनुभएको हो।
ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको बताउँदै उहाँले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठुलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गर्नुभएको छ ।
त्यसैले सन्तुलन कायम गरी ऋणको बोझ घटाउन देशहरूले आफ्नो वित्तीय व्यवस्थापनलाई मझबुध गराउनु पर्ने समय आएको उहाँले बताउनुभएको छ ।
आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्याङ्कन गर्न नयाँ “ऋण–मा–जोखिम“ दृष्टिकोण प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जिडिपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ । यो तथ्याङ्क कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो ।
प्रतिवेदनले “विश्वव्यापी कारकहरूले देशहरूमा सरकारी उधारो लागतमा बढ्दो उतार चढाव निम्त्याउने जनाउँदै ऋणको उच्च स्तरले अरूका लागि “सार्वभौम उत्पादन र ऋण जोखिमको अस्थिरता बढाउने चेतावनी दिएको छ ।
अर्थव्यवस्थामा मध्यम मुद्रास्फीति र ब्याज दर कटौतीको अर्थ देशले आफ्नो वित्तीय व्यवस्थापन पुनर्निर्माण गर्ने “उपयुक्त“ समय भएको आईएमएफले जनाएको छ ।
विश्वव्यापी सार्वजनिक ऋण नियन्त्रणमा ल्याउन वित्तीय समायोजनको आकार जिडिपीको औसतमा ३–४.५ प्रतिशतको बिचमा रहन आवश्यक रहेको आईएमएफले जनाएको छ जुन विगतका समायोजनहरूको आकार भन्दा लगभग दोब्बर हो ।
 
आईएमएफको चेतावनी: विश्वव्यापी सार्वजनिक ऋण १०० ट्रिलियन डलर पुग्ने सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    