ज्ञानमाण्डू । विजयादशमीको बिदा अवधिभर ग्लोबल आइएमई बैंकले आफ्ना उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखाहरूबाट बिहान १०ः०० बजे देखि १ः०० बजे सम्म नगद कारोबारको सेवा प्रदान गर्ने जनाएको छ । विजयादशमीको दिन पनि बैंकको कान्तिपथ शाखा अपरान्ह १ः०० बजे देखि ३ः०० बजे सम्म नगद कारोबारका लागि खुला रहने बैंकको सूचनामा जनाइएको छ ।
