ज्ञानमाण्डू।मलेसियाद्वारा घरेलु मैदानमा आयोजीत भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए लगत्तै दोस्रो हाफमा २ गोल थप्दै मलेसियाले सहज जित निकालेको हो । राष्ट्रिय मैदानमा मलेसियालाई जित दिलाउन सफावी राशिद र साहरुल सादले एक एक गोल गरे ।
पहिलो हाफको सुरुवाती समयदेखि नै मलेसियाले नेपालमाथि दबाब बनाएको थियो ।डिफेन्डर अनन्त तामाङले वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अख्यर रसिदलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मलेसियाले ५१ औं मिनेटमा पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सफावीले गोलमा परिणत गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा सादले गोल गर्दै मलेसियालाई २-० को दोब्बर अग्रता दिलाए । त्यसपछि गोल हुन नसक्दा नेपाल २-० ले पराजित भयो ।
फिफा वरियतामा आफूभन्दा तलको मलेसियाविरुद्ध नेपालले पाएको केहि अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपाल पराजित भएको हो । । फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ औं स्थानमा रहेको छ ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसियासंग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले चाईनिज ताईपेसंग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र चाईनिज ताईपेबीचको खेल जुन ६ मा हुनेछ ।