ज्ञानमाण्डू।शिक्षा तथा मानव श्रोत विकाश केन्द्रले विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने नेपाल सारकारको नीति बमोजिम शैक्षिक सत्र २०७६ देखी कक्षा ९ मा प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्न अनुदान दिने सम्बन्धी केन्द्रीय निर्देशक समितिको मिति २०७६-०१-०२ र २०७६-०२-२४ को निर्णय अनुसार छनोट भएका स्थानीय तह र विद्यालयहरूको सूची यस अघि नै सार्वजनिक गर्नुका साथै अनुसूचीमा पनि समावेश गरेको थियो ।
अनुसूचीमा उल्लिखित विद्यालयहरूलाई तपसिलका बुँदामा उल्लिखित सर्तहरू पुरा गरी यथाशीघ्र पठनपाठन प्रक्रिया सुरु गर्न गराउन सम्बन्धित विद्यालय, स्थानीय तह र शिक्षा विकाश तथा सम्नवय इकाई सबैलाई मिति २०७६-०१-०८ च. नं. ५ को सूचनाबाट जानकारी गराएको तर सम्नवय इकाई र सम्बन्धित स्थानीय तहहरूसँग सम्नवय गर्न समस्या उत्पन्न भएको हुँदा पुन जानकारी गराएको छ ।
शिक्षा तथा मानव श्रोत विकाश केन्द्रको शैक्षिक वर्ष २०७६ बाट कक्षा ९ देखि प्राविधिक धार सञ्चालन सम्बन्धी प्रकाशित सूचना साथै अनुदान प्राप्त हुनेगरी निर्णय भएका विद्यालयहरूको सूचि: