ज्ञानमाण्डू।आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क बापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्थानीय टेलिफोन (PSTN) तथा पोष्टपेड मोबाइल पहिले भन्दा कम दरमा उपलब्ध गराउने कुरा कम्पनीले जनाएको छ ।
जस अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिनेछ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।
साथै उक्त विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम गरेको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्ने कुरा प्रेस विज्ञप्तिद्वारा जनाइएकाे छ।
यो परिमार्जित शुल्क आज १ श्रावण २०७६ देखि नै लागू भएको कुरा समेत कम्पनीले प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।