कामना सेवा विकास बैंकको नयाँ शाखा भक्तपुरको लोकन्थलीमा

ज्ञानमाण्डू।कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुरको लोकन्थलीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं ०१ स्थित लोकन्थलीमा आफ्नो १०६ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

मध्यपुर थिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।
 
काठमाडौं ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०६ वटा शाखा तथा ५५ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमस बैंकिङ, मोबाइल बैंकिङ, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x