.jpg)
ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७९/०३/२४ देखि सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं.१४ हात्तीसारस्थित केन्दि«य प्रविधि क्याम्पसमा एक्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे एक्टेन्सन काउन्टरको समुद्घाटन सोहि क्याम्पसका प्रमुख डा. दिल कुमार लिम्बु र वडा नं १४ का वडाअध्यक्ष कृष्ण भट्टराईले संयूक्त रूपमा बिहान ११ः०० बजे एक समारोहका बिच गर्नु भएको बैंकले जनाएकाे छ ।
.jpg)
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले धरान उपमहानगरपालिको केन्दि«य प्रविधि क्याम्पसमा पनि आफनो सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएकाे छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित क्याम्पसका सम्पुर्ण विघार्थी तथा कर्मचारीहरूलाई रकम जम्मा गर्न र क्याम्पसको काम गर्न सहज र सरल हुने भएको बैंकले बताएकाे छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको बैंकले जनाएकाे छ ।
प्रभु बैंकले २१५ वटा शाखा कार्यालय, १८९ वटा ATM, ६१ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले जनाएकाे छ ।