ज्ञानमाण्डू। ग्लाेबल आइएमई लघुवित्तको नाफा ३०१.४४ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा ग्लाेबल आइएमई लघुवित्तले १ करोड ९६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले ७ करोड ८७ लाख १२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२५ करोड ९५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लाेबल आइएमई लघुवित्तले १ अर्ब २० करोड ८७ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५ करोड ९४ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ त्यस्तै ग्लाेबल आइएमई लघुवित्तले ३ अर्ब ५ करोड ९९ लाख ५२ हजार रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा १६ करोड ६० लाख ६५ हजार रुपैयाँ रहेको छ ।
ग्लाेबल आइएमई लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७७.२७ प्रतिशतले बढेर १४ करोड ३७ लाख ५८ हजार रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.९९ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ९८ पैसा छ र मूल्य आम्दानी अनुपात १८.४७ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू२,५९,५७५ |
निक्षेप संकलन | रू १२,०८,७९७ |
कर्जा लगानी | रू ४०,५९,४९७ |
सापटी | रू ३०,५९,९५२ |
खुद ब्याज आम्दानी | रू १,४३,७५८ |
नाफा/(नाेक्सान) | रू ७८,७१२ |
जगेडा कोष | रू १६,६०,६५ |
निष्कृय कर्जा | ०.९९% |
प्रतिशेयर आम्दानी | ६० रुपैयाँ ६५ पैसा |
प्रतिशेयर नेटवर्थ | १६३ रुपैयाँ ९८ पैसा |
मूल्य आम्दानी अनुपात | १८.४७ गुणा |