ज्ञानमाण्डू। नेपाल एसबिआई बैंक लिमिटेडको नाफा २.१५ प्रतिशतले घटेकाे छ ।गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब २ करोड २७ लाख ९० हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ७ लाख ५१ हजार नाफा कमाएको देखिन्छ ।
८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल एसबिआई बैंकले १ खर्ब ४ अर्ब ६४ करोड ७२ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब २३ करोड ३१ लाख ८१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब १० करोड ५१ लाख ९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ६७ कराेड ४३ लाख २१ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले घटेर २ अर्ब १० करोड १७ लाख ४६ हजात रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.१७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ६९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा छ र मूल्य आम्दानी अनुपात १६.८४ गुणा छ ।
As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू८,४४,९२,५० |
निक्षेप संकलन | रू १,०४,६४,७२,८० |
कर्जा लगानी | रू ९४,२३,३१,८१ |
खुद ब्याज आम्दानी | रू २,०१,०७,४६ |
नाफा/(नाेक्सान) | रू १,००,०७,५१ |
जगेडा कोष | रू ४,१०,५१,०९ |
संचित मुनाफा | रू १,६७,४३,२१ |
निष्कृय कर्जा | ०.१७% |
प्रतिशेयर आम्दानी | २३ रुपैयाँ ६९ पैसा |
प्रतिशेयर नेटवर्थ | १६८ रुपैयाँ ४० पैसा |
आम्दानी अनुपात | १६.८४ गुणा |