![thumbnail](https://1.bp.blogspot.com/-35aAhaWB7DM/Xl0E9sgot7I/AAAAAAAAGx0/B0kMVKZLbSkekgRb0DzXGBwYAoH8aI38wCNcBGAsYHQ/s1600/Screen%2BShot%2B2020-03-02%2Bat%2B18.51.46.png)
ज्ञानमाण्डू।ग्लोबल आइएमई बैङ्क लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा न्यूनतम रु दश हजारमा सहभागी हुन सकिने छ ।
जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन्।
साथैयस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैङ्किङ मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधिभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।
ग्राहकहरूले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्दती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन्।
बैङ्कले हाल देशभर २७० शाखा सञ्जाल, २४९ शाखा रहित बैङ्किङ, ३४ एक्सटेन्सन काउन्टर र २५७ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैङ्कले वित्तीय सेवाको पहुँच नपुगेका देशका विभिन्न सुगम तथा दुर्गम स्थानहरूमा आफ्ना शाखा सञ्जाल विस्तार गरी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट नेपालको बैङ्किङ क्षेत्रमा एक उत्कृष्ट बैङ्क हुने लक्ष्य राखेको कुरा बैङ्कले विज्ञप्तिद्वारा जानाएको छ ।