![thumbnail](https://1.bp.blogspot.com/-0ePoVhg-rK8/XmdSCsws6iI/AAAAAAAAG8E/rMn6e4tyWqMAly9RhG3Kdsv4C5mVRdfvgCNcBGAsYHQ/s1600/Nepse%2BDown.png)
ज्ञानमाण्डू।धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ ।
![](https://1.bp.blogspot.com/-p9q2ve0gk4c/XmdSr7UU31I/AAAAAAAAG8M/WXPYapLMRj4xdldF5BZGdSjDD7WyxlTJQCNcBGAsYHQ/s1600/Screen%2BShot%2B2020-03-10%2Bat%2B14.25.30.png)
शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि आज खुलेको बजारमा कारोवारको शुरुवातीदेखि नै ओरालोको यात्रा तय गरेको हो । स्टकले कारोवार आज दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ । नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । आज १ बजेर १३ मिनेटमा नेप्सेले सर्किट लगाएको हो ।
पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो । त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको छ ।
![](https://1.bp.blogspot.com/-EEDgqzvJpyA/XmdSxSmnnjI/AAAAAAAAG8Q/t1JGWm-9myYk0GZhvFHWI0YM2YJIpf1owCNcBGAsYHQ/s1600/Screen%2BShot%2B2020-03-10%2Bat%2B14.25.58.png)
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोवार भएको थियो ।
नकारात्मक सर्किट लागेको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै रु आठ करोड ५८ लाख ९९ हजार ४१३ बराबरको कारोवार भएको छ । यस्तै एनआइसी एशिया बैंकको रु आठ करोड २० लाख ५५ हजार ११४ र एनएमबी बैंकको रु ६ करोड ७९ लाख ६४ हजार ४८९ बराबरको कारोवार भएको छ । रासस