विपन्नावस्थाका परिवारलाई खाद्यान्न वितरण

ज्ञानमाण्डू। कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले स्वर्गीय पिता जगन्नाथ ऐरको स्मृतिमा आइतबार खाद्य सङ्कटमा परेका विपन्न अवस्थाका २५ परिवारलाई राहतस्वरुप चामल वितरण गरेका छन् । 

नगरपालिका–१० खुल्लाबस्तीका मजदुरी गरेर जीविका चलाउँदै आएका परिवारलाई वडाध्यक्ष ऐरले प्रतिपरिवार १० किलोका दरले चामल वितरण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोकथामका लागि कञ्चनपुर जिल्ला बन्द गरिएपछि मजदुरी गरेर खाँदै आएका परिवार खाद्यान्नको अभाव झेल्दै आएका थिए । 

विपन्न परिवारको घर दैलोमै चामल पु¥याई वितरण गरिएको उनले बताए । दैनिक मजदुरी गरेर परिवारका लागि खाना खर्च जुटाउँदै आएकामा बजार क्षेत्रदेखि निर्माण कार्य सबै बन्द भएपछि भोकभोकै बस्नु परेको फगुनिया खुनाले बताए । 

“मजदुरी गरेर ल्याएको पैसाले खरिद गरिएको खाद्यान्न चार दिनअघि नै सकियो । छिमेकीको सहयोगमा केही दिन खाना खान पायौँ । छिमेकीको घरमा समेत खाद्यान्न सकिन लागेपछि वडाध्यक्षले चामल वितरण गरेपछि केही दिनका लागि खान पुग्ने भएको छ”, उनले भताए । 

बस्तीका अधिकांश परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको छ । मजदुरी गरेर जीविका चलाउने परिवार धेरै छन् सुरज जैरुले भने, “दातृ निकायलाई खाद्यान्नको सहयोगका लागि आग्रह गर्दछौँ ।” बस्तीमा मुक्त हलिया र मुक्त कमैया परिवारको बसोबास रहेको छ ।रासस
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x