![](https://1.bp.blogspot.com/-n_R8UwtF1Q8/Xo1FwQIpuXI/AAAAAAAAHdg/ZIi6cpymilkDpHYTBzlPCC_POoq0cH__ACNcBGAsYHQ/s1600/Screen%2BShot%2B2020-04-08%2Bat%2B09.16.59.png)
ज्ञानमाण्डू।सुदूरपश्चिमको भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोस्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ ।
सीमा क्षेत्रमा घुसपैठ गरी भारतबाट नेपाल फर्कने क्रम रोक्न थप सशस्त्र प्रहरी परिचालन गरिएको हो । एक पोष्टमा २० जवान रहने गरी सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक शाहुले बताए ।
हाल पुर्नवासदेखि खल्लामुसेट्टीसम्म अस्थायी पोस्ट राखिएको छ भने मुख्य नाकामा पहिलेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट फर्केका बेदकोटकाका ४२ वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सीमानाकामा कडाइ गरिएको छ । रासस