
ज्ञानमाण्डू। विश्वभर फैलिएको कोरोना भाइरस (COVID-19) को महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) कक्षा १० को परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधी समेत अनिश्चित रहेको हुँदा विद्यार्थीहरुको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा ४ट(१) मा उल्लेखित मध्ये कक्षा १० का विद्यार्थीहरुको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने भनी ऐ.ऐनको दफा २० मा उल्लेखित बाधा अड्काउ हटाउने अधिकार अन्तरगत नेपाल सरकार मन्त्री परिषदबाट मिति २०७७/०२/२८ मा निर्णय भई आदेश भए बमोजिम राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ बनाई जारी गरेको छ । बोर्डवाट जारी कार्यविधि देहाय बमोजिम रहेको छ ।