आइएमई घरमैका भाग्याशाली विजेता रोकायाले पाए रू. १ लाख

ज्ञानमाण्डू। आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले रू. एक लाख (१,००,०००) पुरस्कार राशी प्राप्त गरेका छन् ।

आइएमई लिमिटेडले कोरोना भाइरस (कोभिड ( १९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि “आइएमई घरमै– रू. १ लाख जितौं” भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।

सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङ्क्र्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरेको थियो ।



आइएमईले २०७७ साल असारको अन्त्यसम्म मात्र कायम  “आइएमई घरमै” उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई रू. १ लाख र हरेक हप्ता ५ जनालाई जनही रू. ५ हजार प्रदान गरिने गरी सार्वजनिक गरेको थियो । आम सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमईले आफ्नो स्थापना कालदेखि नै विभिन्न सेवाग्राहीमुखी उपहार योजना सार्वजनिक गर्दै आइरहेको छ ।

कम्पनीले स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा रू. ५० बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाएको थियो । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरी सामाजिक दूरी कायम गर्न प्रोत्साहन समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

info.nt@ntc.net.np
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

info@ncell.axiata.com
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x