![](https://1.bp.blogspot.com/-Ypn3T0eHa1U/XxpNeW5o4bI/AAAAAAAAJDs/HSgGeSr-KYQA247ulGdvBLW7xxs-98_IgCNcBGAsYHQ/d/Screen%2BShot%2B2020-07-24%2Bat%2B08.39.37.png)
प्रदेश नं १ का प्रमुख सचिव दिनेश भट्टराईले सरकारले प्रदान गर्ने सेवालाई सहज र पारदर्शी बनाउन परिचयपत्र प्रभावकारी हुने बताए ।परिचयपत्रका लागि १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई वितरण गरिने लक्ष्यअनुसार दर्ता शुुरु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
आगामी तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गरिने लक्ष्य सरकारको रहेको छ । यसअघि २४ जिल्लामा सञ्चालित यो कार्यक्रम यही साउनबाट ७७ जिल्लामा शुुरु भएको जानकारी गराइयो । चालू आर्थिक वर्षमा मुलुकभरि एक करोड नागरिकलाई परिचयपत्र वितरण गरिने छ । आगामी दिनमा स्थानीय तहको समन्वयमा वडा स्तरमै परिचयपत्र दर्ता कार्य गरिने भएको छ ।
परिचयपत्र अहिलेसम्म दुई लाख २५ हजार नेपाली नागरिकले पाइसकेका छन् । कार्यक्रममा महानगरपालिका, नगरपालिका, गाउँपालिका प्रमुख, उपप्रमुुखसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो ।रासस