ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्कको शुक्रवार बसेको सञ्चालक समिति बैठकले रत्नराज बज्राचार्यलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। ग्लोबल आइएमई र जनता बैङ्क नेपाल मर्ज भए पछि बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले राजीनामा दिए पछि प्रमुख कार्यकारी अधिकृतकाे पद रिक्त थियाे । उनी दाेस्राे पटक ग्लोबल आइएमई बैङ्ककाे प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

यस अघि उनी सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत थिए । २० वर्ष भन्दा बढी राष्ट्र बैङ्कमा काम गरेको अनुभव भएका बज्राचार्य सँग बैङ्क तथा वित्तीय क्षेत्रको करिब ४० वर्षको अनुभव छ । उनी चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।