सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 
कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । 
त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख ४४ हजार ६९३ जना सङ्क्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 
मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ८५.०२ प्रतिशत रहेको छ । 
भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख चार हजार ५५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ९८६ जनाको पछिल्लो २४ घण्टामा निधन भएको छ । 
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको पाइएको छ । 
भारतमा अहिले पनि नौ लाख सात हजार ८८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 
प्रदेश अनुसार हेर्दा भारतको महाराष्ट्र प्रदेशमा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । 
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म आठ करोड २२ लाख ७१ हजार ६५४ जनाको कोरोना परीक्षण गरिएको छ ।
        
            
    
    
    
    
    